कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

अत्तरिया : नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् । सभापतिसमेत रहेका कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।

लेखक ४ मंसिरमा सम्पन्न निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.