धनगढीको मनेहरामा माघ ८ देखि धार्मिक ज्ञान महायज्ञ लाग्दै

अत्तरिया, १९ पुस : धनगढी उपमहानगरपालिका–७ मनेहरामा महायज्ञ लाग्ने भएको छ । माघ ८ देखि १४ गते सम्म हुने महायज्ञमा धार्मिक अभियन्ता तथा संकल्पकर्ता अच्युतशरण महाराज प्रमुख बाचक हुनेछन् । मनेहरामा रहेका कालिका मन्दिर व्यवस्थापन समिति र खेल संस्था शिअ उसु क्यानको संयुक्त आयोजनामा महायज्ञ हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । महायज्ञ मुल आयोजक समितिले ‘श्री कालिका शिअ उसु धार्मिक ज्ञान महायज्ञ–२०७९’ नाम दिएको छ ।
महायज्ञ मुल आयोजक समितिका संयोजक खगेन्द्र अधिकारीका अनुसार कालिका मन्दिरको सार्वाङ्गिण विकास गर्ने, शिव भगवानको मुर्ति स्थापना गरी समाजमा हुने विभिन्न धार्मिक एवं सामाजिक कार्यका लागि सामुदायिक तथा भवन निर्माण गर्ने उदेश्य रहेको छ ।
यस्तै गरी धर्मप्रतिको जनआस्थालाई जीवन्त तुल्याई राख्नका लागि महायज्ञ आयोजना गर्न लागेको संयोजक अधिकारीले बताएका छन् । समाजमा रहेका जातीय, धार्मिक, सांस्कृतिक भेदभावको अन्त्य गर्न र सभ्य, सु–संस्कृत समाजको निर्माण गर्न महायज्ञ आयोजा गर्ने उदेश्य रहेको आयोजकले जानकारी दिएको छ ।
यस्तै, उसुका प्रशिक्षक रतन खातीका अनुसार खेलकुद प्रतिको जनआस्थालाई जीवन्त तुलाई राख्न, उसु प्रशिक्षण हल तथा व्यापारिक भवन निर्माण गर्न, अनुशासित एवं सभ्य संस्कारी देशभकत असल नागरिक उत्पादन गर्न उदेश्यका साथ महायज्ञ हुन लागको जनाएको छ ।
खेल सामग्रीको व्यवस्थापन र खेलप्रतिको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाल राष्ट्रिय पनि चिनाउन सकिन्छ भन्ने कुराको आत्मबोध गराउने उदेश्य रहेको आयोजकले पत्रकार सम्मलने गरी जानकारी दिएको हो ।
महायज्ञ सफल पार्नका लागि विभिन्न समिति र उप–समिति पनि गठन गरिएको छ । महायज्ञमा १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । ‘महायज्ञमा झण्डै १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ’ खातीले भने, ‘त्यसका लागि विभिन्न सहयोगीतादाहरु बाट नै रकम संकलन हुनेछ’ महायज्ञ सुरु हने दिन माघ ८ गते धनगढी क्याम्पस चोकबाट मन्दिर सम्म कलश यात्रा हुने छ । पत्रकार सम्मेलनमा समाजसेवी एंव शिक्षक दिलबहादुर खाती लगायत विभिन्न व्यत्तित्वहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.