काँग्रेस सुदूरपश्चिम दलको नेताका लागि आज निर्वाचन हुँदै

अत्तरिया : नेपाली काँग्रेसको सुदूरपश्चिम दलको नेताका लागि आज निर्वाचन हुँदैछ। काँग्रेसको प्रदेश कार्यसमितिका अनुसार दलको नेता सर्वसहमतीमा चयन गर्न नसकिएपछि आज निर्वाचन हुने भएको हो।
पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिको प्रदेश उप–सभापति लोकराज अवस्थी संयोजक, उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा काँग्रेस प्रदेश सदस्यहरु सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन्।

नेपाली काँग्रेसका सात जना प्रदेश सभा सदस्यहरुले दलको नेताका लागि आकाक्षी देखाएका छन्। प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का लगायतले काँग्रेस संसदीय दलको नेतामा आकाङ्क्षा देखाएका हुन्। उनीहरु बिचमा सहमती नभएपछि आज निर्वाचन हुने काँग्रेस प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) ले बताए। सुदूरपश्चिममा काँग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। काँग्रेस प्रदेश सभामा ठुलो दल हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.