अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमलबहादुर शाह सर्बसम्मत चयन भएका छन । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। यस अघि पटक–पटक बैठक बसे पनि सहमती हुन सकेको थिए ।
सहमती नभएपछि यस अघि प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको प्रदेश सभापति वीरबहादुर बलायरले विज्ञप्ति मार्फत जानकारी दिएका थिए। तर, अन्तिम समयमा शाहलाई नै सबैले समर्थन गरेका हुन । कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट, मानबहादुर रावल र प्रकाश देउवा आकांक्षी देखिएका थिए ।