अत्तरियामा ‘सायना प्रेस’ खोप विस्तार सम्बन्धि अभिमुखीकरण

अत्तरिया : कैलालीको अत्तरियामा परिवार नियोजनको अस्थायी साधन ‘साइना प्रेस’ खोप सञ्चालन र विस्तार सम्बन्धि एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । अनिच्छित गर्भ निरोधको अस्थायी साधन साइना प्रेस खोप विस्तार तथा अभिमुखीकरण कार्यक्रममा कैलालीसहित डोटी र अछामका स्थानीय तहका स्वस्थ्य शाखामा र अस्पतालका स्वस्थ्यकर्मीको सहभागिता रहेको थियो । नेपालमा डिपो र संगीनी सुइँको विकल्पमा साइना प्रेस प्रयोगमा ल्याइएको हो ।

सुदूरपश्चिम प्रदेशमा अछाम र कैलालीसहित देशका सात जिल्लामा यो खोपको विस्तार गर्ने कार्यक्रम रहेको कार्यक्रममा बताइएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय कैलालीको आयोजना र सुदूरपश्चिम विश्वविद्यालयको सहयोगमा सञ्चालित अभिमुखीकरण कार्यक्रममा साइना प्रेस खोप प्रयोगमा सहज अन्य खोपभन्दा बढी प्रभावकारी रहेको स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.