अत्तरिया, २२ पुस : राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, सुदूरपश्चिम प्रदेसको दोस्रो अधिबेशन गोदावरी नगरपालिका लालपुरमा शुरु भएको छ । अधिबेशनको शुक्रबार एक कार्यक्रमका बिच सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उदघाटन गरेका हुन ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी, उपमहासचिब शिव हमाल चर्चित कलाकारहरु पूर्णकला बिसी, लालबहादुर धामी, सुर्य बिरही साउँद, दिर्घ फुलारा लगायतको सहभागिता रहेको छ ।
अधिबेशनले आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । यसै बिच प्रतिष्ठानको आफ्नै भबन को पनि शुक्रबार नै उदघाटन गरिएको छ । गोदावरी –७ लालपुरमा नै संस्था को ३ कठ्ठा जमिन सहित को भबन निर्माण भएको हो ।
