धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमति नलिई हनधिकृत रुपमा मानवरहित हवाई उपकरण ड्रोन नउडाउन आग्रह गरेको छ। आइतवार एक सूचना निकाल्दै जिल्ला प्रशासन कार्यालय अनुमति निलई ड्रोन नउडाउन सूचित गरेको हो।
सूचनामा अति आवश्यक प्रयोजनका लागि ड्रोन प्रयोग गर्नु परेमा २ किलो तौलसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिन आग्रह गरिएको छ। २ किलोभन्दा बढी तौल भएका ड्रोन उडाउन ’मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ अनुसार मन्त्रालयबाट अनुमति लिन आग्रह गरिएको छ।
सम्बन्धित पाेस्टहरु