सुदूरपश्चिमको मुख्यमन्त्री एमालेका रावल बन्ने सम्भावना

धनगढी : सुदूरपश्चिम र वागमतीमा आलोपालो मुख्यमन्त्रीको नेतृत्व एमाले र माओवादीले गर्ने भएका छन् । सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने भएको छ ।

एमालेको भाग पर्दा सो पार्टीका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बन्ने छन् । यद्यपी केही गरेर नागरिक उन्मुक्ती पार्टी सहकार्यमा आएन भने एमाले, माओवादीको सरकार बन्न कठिन हुनेछ । सुदूरपश्चिममा उन्मुक्तीलाई कांग्रेस र एकीकृत समाजवादीले मुख्यमन्त्री दिएर भए पनि सरकार बनाउने प्रयास गरिरहेको छन् ।

उन्मुक्ती एमाले,माओवादीतिर लाग्दा २८ र कांग्रेस, समाजवादीतिर जाँदा ३० जना प्रदेश सभा सदस्य पुग्छन् । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सदस्य आवश्यक पर्छन । त्यस्तै, वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्ने सहमति भएको छ । मधेस प्रदेशमा पहिलो चरणमा जसपा र त्यसपछि जनमत पार्टीले नेतृत्व गर्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.