अत्तरिया जारी महोत्सवमा आज गायक टेक बोगटी, प्रताप दास, नृत्यङ्गना अन्जली चन्द ठकुरीको प्रस्तुती रहने

अत्तरिया : अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा दर्शकहरुको उपस्थिति बाक्लो हुँदै गएको छ । गोदावरी नगरपालिका लामेताल क्षेत्रमा भईरहेको महोत्सवमा बिहिबार उल्लेखीए दर्शकहरुको सहभागिता रहेको थियो ।
बिहीबार माघ ५ गते गायक महेश आउजी, गायीका पुणर्कला विसी नृत्यङ्गना रोमा न्यौपानेको प्रस्तुती रहेको थियो । उहनीहरुको गितमा दर्शकहरुले भरपुर मनोरञ्जन गरेका हुन् ।
महोत्सवमा माघ ६ गते अर्थात आज गायक टेक बोगटी, प्रताप दास, नृत्यङ्गना अन्जली चन्द ठकुरीको प्रस्तुती रहने आयोजकले जनाएको छ । पुस २७ गते बाट सुरु भइरहेको अत्तरिया उद्योग वाणीज्य संघ द्वारा आयोजित महोत्सव प्रत्यक दिन दर्शकहरुले मनोरञ्जन गर्दै आएका छन साथै महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति राख्दै आएका छन ।
त्यस्तै महोत्सवमा डेढ सय वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।

महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु, जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ । गोदावरी क्षेत्रमा सार्वजनिक प्रदर्शनीस्थल, स्थायी राजधानीका लागि तेघरीमा यथा सिघ्र पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका माग राख्दै महोत्सव आयोजना गरिएको थियो ।
यस अघि राजधानी निर्माणकालागी महोत्सवमा हस्ताक्षर अभियान सुरु गरीएको थियो । अत्तरिया उद्योग वाणिज्य संघले गोदावरीमा प्रदेशको स्थायी राजधानी निर्माण कार्यान्वयनकालागी दवाव स्वरुप हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो ।
अत्तरियामा जारी महोत्सवको मुल गेटमा राजधानी कार्यान्वयनका लागि दवाव दिन अझै पनि सर्वसाधारणको हस्ताक्षर गराउने काम भइरहेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले जानकारी दिए । गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा प्रदेशको राजधानी घोषणा गरिएपनि अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै दबाबस्वरुप हस्ताक्षर अभियान सुरु गरेको थियो । महोत्सव समापन भएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई बुझाईने देवकोटाले बताएका छन ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.