महिला टी–२० : उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम भिड्ने

काठमाण्डौँ : सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ। दिउँसो १२ बजे जनता क्रिकेट पार्कमा सुरु हुने खेलमा उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्नेछन्। प्रदेश १ विभागीय क्लब एपीएफलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

शुक्रबार भएको खेलमा प्रदेश १ ले एपीएफलाई आठ विकेटले पराजित गरेको थियो। त्यस्तै मधेश प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो। सुदूरले मधेसविरुद्ध ११४ रनको फराकिलो जित निकालेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.