नेपाल निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्षमा : भारती

अत्तरिया, ७ माघ : नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कैलालीको पाँचौ जिल्ला अधिवशेनले नयाँ नेतृत्व चयन गरेको छ ।
निजामती कर्मचारी संगठन कैलालीको शनिबार भएको जिल्ला अधिवेशनले गङ्गाराम भारतीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत् रुपमा चयन गरेको हो ।

संगठनको वरिष्ठ उपाध्यक्षमा गंगाराम उपाध्याय, खुल्लाउपाध्यक्षमा दमनबहादुर शाही, महिला उपाध्यक्षमा दिलसरा जैशी, सचिवमा विनोदराज सुवेदी, कोषाध्यक्षमा शैलेन्द्रबहादुर सिंह, सह–सचिवमा नरेशबहादुर स्नेही, सदस्यमा, पुस्कर ठगुन्ना, कविराज धामी, जनकराज अवस्थी, धर्मानन्द कवाडी, कलकबहादुर शाहनी, वविता तिवारी, विकास वड, श्यामराज जोशी, रामदिन जोशी, चयन गरिएको निजामती कर्मचारी संगठनका केन्दीय कोषाअध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज बलदेव कपाडी जानकारी दिए । यस अघि पाँचौ जिल्ला अधिवशेन सुदूरपश्चिम प्रदेश सभा सदस्य रमेश धामीले उद्घाटन गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.