अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आज समापन हुने भएको छ । पौष २७ गते देखि सुरु भएको महोत्सवको आज समापन गरिदैं छ ।
आज दिउँसो १ बजे महोत्सवको मुख्य प्रवद्धक रहेको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा महोत्सवको विधिवत समापन गरिने भएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालन गरिएको महोत्सवको दिउँसो समापन गरिएपनि त्यसपछि राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुती राखिने संघका अध्यक्ष अशोक राज देवकोटाले जानकारी दिए । उनका अनुसार आजको महोत्सवमा देउडा गायक भोजराज भट्ट र लोकदोहोरी गायिका कल्पना दाहलको बिशेष प्रस्तुती रहने छ । जसका कारण महोत्सव देउडा र लोकदोहरीमय हुने आयोजकको विश्वास छ । यसका अलावा स्थानीय कलाकारले पनि महोत्सवमा प्रस्तुती राख्ने आयोजनकले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु