अत्तरिया : पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका दाहालले बताइन। सुदूरपश्चिमका सबै जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । बाजुरामा केहि घर भत्किएका समाचार आईरहेका छन् ।