गोदावरीमा प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगिता सुरु

अत्तरिया : गोदावरी विकास समितिको आयोजनामा प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । शुक्रबार प्रतियोगिताको एक कार्यक्रमका बीच प्रदेश सांसद प्रकाशबहादुर बमले उदघाटन गरे । गोदावरी–३ चौकीडांडामा भईरहेको पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा पहिले समुह चरणका लिग खेल र त्यसपछिका खेलहरु नकआउट बिधिबाट खेलाइने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रम समितिका अध्यक्ष टेकबहादुर साउँदको अध्यक्षतामा भएको थियो । प्रतियोगीतामा प्रथम हुने टिमले नगद १५ हजार १ सय रुपैयाँ पाउनेछ भने द्धितीय हुने टिमले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । यस्तै प्रतियोगीताको तृतीय हुने दुई वटा टिमले ३ हजार ५ सय र ३ हजार रुपैयाँ पाउनेछ । यसै बिच प्रमुख अतिथि बमले शुक्रबार नै गोदावरी –३ मा इन्डोर ब्याटमिन्टन कोर्टको शिल्यान्यास गरेका छन् ।

यस्तै कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया, वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, मालाखेती अस्पतालका अध्यक्ष डा. नरबहादुर मौनी लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.