अत्तरियामा सम्पन्न प्रथम वडाध्यक्ष कप ब्याटमिन्टनको उपाधि वडा नम्बर ३ लाई

अत्तरिया : गोदावरी नगरपालिकाको अत्तरियामा शुक्रबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष कप डबल पुरुष ब्याटमिन्टन प्रतियोगीता उपाधि वडा नम्बर ३ ले हात पारेको छ । फाइनलमा वडा नम्बर ४ लाई २–१ को सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधि हात पारेको हो । वडा नम्बर ३ को तर्फबाट प्रकाश कुमार भाट र आशिष भट्टराइले खेलेका थिए । विजयी टिमले नगद १५ हजार १ सय रुपैयाँ पुरस्कार पाएको छ ।
दोस्रो स्थानमा चित्त बुझाएको वडा नम्बर ४ को टिमले ७ हजार ५ सय रुपैयाँ पाएको छ । वडा नम्बर ४ को टिमबाट भीम सिह ठकुराठी र शेर बहादुर साउँदले खेलेका थिए । प्रतियोगितामा वडा नम्बर १ र वडा नम्बर २ को टिमले तृतीय स्थान भएका छन । वडा नम्बर १ को टिमबाट सन्तोष भट्ट र पुस्कर जोशी सहभागि रहेका थिए भने वडा नम्बर २ बाट कमल मल्ल र समिर भट्टराई सहभागि रहेका थिए । तृतीय हुनेले ३ हजार ५ सय रुपैयाँ पुरस्कार पाएका छन ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार भीम सिह ठकुराठी र उदयमान खेलाडीको पुरस्कार आशिष भट्टराइले पाएका छन । प्रतियोगितामा गोदावरी नगरपालिकाका १८ वटा टिमको सहभागित रहेको थियो । गोदावरी नगरपालिका–३ मा रहेको गोदावरी नगर विकास समितिको आयोजनामा भएको प्रतियोगिता भएको थियो ।

प्रतियोगिताका विजयी टिमलाई सामाजसेवी धुर्व भट्टराईको प्रमुख आथित्यमा सम्पन्न एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगिता वडा नम्बर ३ को कार्यालय, रिया स्पोटर्स धनगढी, चौकिडाँडा महिला वन उपभोक्ता समिति, मनाङ्क बचत तथा ऋण सहकारी, क्रेटिभ कन्ट्रक्सन मालाखेती, मालाखेती पशु हाटबजार, उग्रतारा इटा उद्योग, सुदूरपश्चिम कापी उद्योग र मालाखेती इटा उद्योगको सहयोगमा संचालन गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.