युवकले बाथरुममा पसेर आफैलाई लगाए आगो

पोखरा : पोखरा महानगरपालिका-१३ काहुँखोला बस्दै आएका एक युवकले आफैमाथि आगो लगाएका छन्। कास्कीको मादी गाउँपालिका ४५ वर्षीय युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका हुन्। डेरामा बस्दै आएका उनले बाथरुममा छिरेर पेट्रोल छर्केर आफैमाथि आगो लगाएका थिए। उनलाई बचाउने क्रममा घरबेटीसमेत घाइते भएकी छन्।

घाइते दुवै जनाको अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियू कक्षमा उपचार भइरहेको छ। आत्महत्याको प्रयास गरेका युवकले पोखरामा स्टेशनरी व्यवासय सञ्चालन गर्दै आइरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.