गोदावरी नगपालिका–८ स्याउलेमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ सुरु

अत्तरिया, १५ माघ :कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा श्रीमदभागवत  सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । आईतवार महायज्ञको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन् ।
महायज्ञको उद्घाटन पहिले विद्यर्थी, समाजसेबी, बुद्धिजिवी र स्थानीयहरुको सहभागितामा कलश यात्रा निकालेको थियो ।
समैजी विश्वनाथ महादेव शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सुरु भएको महायज्ञको कथा वाचक अच्युतशरण महाराज रहेका छन् । हिन्दुधर्मरहेको संस्कृति जोगाउनका साथै गौशाला निर्माणका महायज्ञ लगाउने उदेश्य रहेको आयोजकले जनाएको छ । आईतबार बाट सुरु भएको महायज्ञ माघ २२ गते सम्म लाग्ने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.