अत्तरिया, १६ माघ : गोदावरी नगरपालीका वडा नम्बर ८ श्रीपुरमा रहेको शारदा माध्यमिक विद्यालयको ६५ औं बार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विद्यालयले ६५ औं बार्षिकोत्सव समारोहको अवसरमा एक हप्तादेखि विविध कार्यक्रम गर्दै सोमबा भव्यताकासाथ बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।
माघ १० गते देखि बिविध कार्यक्रमका आयोजना गरिएको थियो । सोमबार विद्यालयको वार्षिकोत्सवको भव्यसमारोह सम्पन्न कार्यक्रममा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष राजकुमारी चौधरीको सभापतित्व र कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपाकिकाकी उपप्रमुख शारदा देबि रोकाया रहेकी थिइन् ।
कार्यक्रममा उपमेयर रोकायाले विद्यालयको विकास लागि लागीपर्ने बताइन। विद्यालयको चौतर्फी विकासका लागि आफुले सहयोग गर्ने उनको भनाइ थियो । शिक्षक सुभाष चन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक सुरेशानन्द भट्टले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक भोजराज जोशीले विद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी विशिस्ट अतिथि रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य लगायत आफ्ना प्रस्तुतीहरु दर्शाएका थिए । एक हप्तासम्म संचालित विभिन्न खेलकुद बिदामा बिजेता बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो ।
साथै शैक्षिक सत्र २०७८ मा आ–आफ्नो कक्षामा प्रथम, द्घितिय, तृतीय हुने विद्यार्थीहरुलाइ पनि पुरस्कार प्रदान गरिएको थियो । बार्षिकोत्सवमा विभिन्न ब्यक्तिहरुलाइ सम्मानित पनि गरिएको थियो ।
सम्मानित हुनेहरुमा विद्यालयका पुर्व शिक्षक तारानाथ ओझा, पुर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष देवराज पन्त लगायतका रहेका छन् । यस्तै डेडभद्र अक्षय कोष स्थापना गर्ने विद्यालयका पुर्व शिक्षक कबिराज जोशी र सुदर्शन अक्षय कोष स्थापना गर्ने डाक्टर घनश्याम भट्ट रहेका छन् ।
यस्तै गरी सम्मानित हुनेहरुमा जङ्गबहादुर स्मृति कोषका संस्थापक तृष्णा राज्य लक्ष्मी सिंह र ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठी पनि रहेका छन । सोही कार्यक्रममा विद्यालयमा नियमित आइ आफ्ना नानी बाबुहरुको पढाइ र अन्य पक्षहरुमा चाँसो राख्ने, आफ्ना छोराछोरिहरुलाइ पढाईमा लगनशील र मिहिनेती बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरे बाफत विद्यालयका अभिभावक बिमला चन्द सिंह सम्मानित भएकी छिन् । विद्यालयको समग्र विकासमा उल्लेखनीय योगदान गरेवाफत विद्यालयमा लामो समय शिक्षण गरेका शिक्षक दीपकराज पन्तलाई पनि दोसल्ला ओढाइ सम्मान गरिएको हो ।