बनबेहडाको वीणा ग्रामीण बिद्युत् सहकारीमा नयाँ सञ्चालक समिति

धनगढी : गौरीगंगा नगरपालिकाको बनबेहडामा रहेको वीणा ग्रामीण बिद्युत् सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति चयन भएको छ ।
संस्थाको १७ औँ साधारण सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो । पुरन सिंह कडायतको अध्यक्षतामा चयन भएको कार्यसमितिको उपाध्यक्षमा राज शर्मा, सचिवमा हेमन्तराज जोशी र कोषाध्यक्षमा मकर खड्का चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा पदम राज जोशी, सितादेवी जोशी, धना भट्ट, हरिमाया भट्ट र उदय बोगटी चयन भएका छन् । वीर बहादुर बोगटीको संयोजकत्वमा चयन भएको लेखा समितिमा जगत खडका र महेश्वर जोशी सदस्य रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.