कञ्चनपुरमा नाबालिकामाथि बलात्कार आरोपमा अनाथालयका प्रमुख पक्राउ

धनगढी : कञ्चनपुरमा नाबालिकामाथि बलात्कार गरेको आरोपमा अनाथालयका प्रमुख पक्राउ परेका छन् । सदरमुकाम महेन्द्रनगरस्थित महाकाली बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए ।

उनकाअनुसार अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि बलात्कार गरेको अभियोगमा चन्दलाई मंगलबार बिहान पक्राउ गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । योसमाज कल्याण परिषद् अन्तरगतको सरकारी स्वामित्वको अनाथालय हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.