अत्तरिया, १७ माघ : गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको सेभहाउसलाई अत्तरियाकै सत्यवती एकेडेमीले सहयोग गरेको छ ।
एकेडेमीका सञ्चालक समेत रहेका विरबहादुर कडायतले सहयोग हस्तान्तारण गरेका हुन् । मंगलबार सेभआउसमै पुगेर कडायतले खाद्य सामग्री सेभहाउस सञ्चालक जानकी मलासीलाई हस्तान्तरण गरेका हुन् । उनले चामल, दाल, ब्रस, कोलगेट लगायत सामग्री एक महिनाको लागि पुग्ने गरी खाद्यान्न सामग्री सहयोग गरेको हो ।
सहयोग सामग्री हस्तान्तरण गर्दै कडायतले विद्यालयमा जसले लगानी गरे पनि समाजको भएको बताए । ‘विद्यालयमा जुनसुकै व्यक्तिले लगानी गरे पनि सार्वजनिक हुन्छ’, उनले भने । ‘त्यसले गर्दा सबैको साथ सहयोग पनि उत्तिकै पर्छ ।’
व्यक्तिगत जीवनलाई कुनै प्रवाह नगरी समाज सेवामा लागेकोमा सञ्चालक मलासीको कामको उनले प्रसंसा गरे । सानो सहयोग गर्न पाउँदा आफुलाई गौरव लागेको उनको भनाई रहेको छ । उनले आफुले सञ्चालन गरीरहेको सत्यवती एकेडेमीको तर्फबाट जहिले पनि सहयोग गर्ने प्रतिबद्धता समेत गरे । उनले छुट्टीका दिनमा आफ्नो विद्यालयमा यहाँका नानीहरुले आएमा प्रयोग गर्न सक्ने व्यवस्था समेत मिलाउने बताए । आफ्नो गछ्यले भ्याए सम्म सहयोग गर्ने उनको भनाई रहेको छ । सामग्री हस्तान्तण कार्यक्रममा सत्यवतीका प्रिन्सिपल योशोदा कडायतको समेत सहभागिता रहेको थियो । योशोदा विरबहादुरको धर्मपत्नी समेत हुन् । सेभहाउसमा सहारा विहिन महिला तथा बालबालिकाहरु बस्दै आएका छन् ।
सम्बन्धित पाेस्टहरु