धनगढीमा भाई भनेको भन्दै एक युवक माथी सामुहिक आक्रमण

धनगढी : धनगढीमा भाई भनेको भन्दै एकजना युवक माथि सामुहिक आक्रमण भएको छ । धनगढी उप महानगरपालिका ५ शिवनगर बस्दै आएका बसन्त जेठारा माथी कुटपिट भएको हो । धनगढीको हसनपुर स्थित बाल्मिकी स्कुल नजिकै निशेध धामी लगायतको टिमले जेठारा माथी आक्रमण गरेको हो ।

करिब १० जनाको टिममा रहेका आक्रमणकारीहरुले जेठारालाई बोलाउँदा के हो भाई भनेकै भरमा हामीलाई भाई भन्ने भनेर कुटपिट गरेको पाइएको छ । बाल्मीकी स्कुलबाट जेठारालाई लखेट्दै टिसिएन चोकसम्म पु¥याएका बेला स्थानीयले प्रहरीलाई खबर गरेपछि एक जनालाई सोही पक्राउ गरिएको छ । कुटपिटमा परेका जेठाराका अनुसार कुटपिट गर्नेहरुलाई आफु खाशै नचिन्ने भएपनि धामीको टिमले आफुमाथी आक्रमण गरेको हो । मुख, टाउको र शरिरमा चोट लागेको उनले बताए ।

म एक्लै हिँडेर आउँदै थिए उहाँहरुको टिमको एक जनाले ओई भनेर बोलायो जेठाराले भने “के हो भाई भन्दा त भाई भन्ने भनेर मलाई लखेटी लखेटी कुट्यो, एक जनालाई मात्र प्रहरीले समातेको छ अन्य भाँगेका छन् ।” जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुटपिटमा संलग्न पञ्चोदय माध्यमिक बिद्यालयमा अध्यायनरत निशेध धामीलाई पक्राउ गरिएको छ । प्रहरी नायब उपरिक्षक बेद प्रकाश जोशीले अन्यको खोजी कार्य भइरहेको र पिडितलाई जाहेरी दिन लगाएको बताए । कुटपिटमा संलग्नहरुलाई सार्वजनिक मुद्धा लाग्ने जोशीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.