अत्तरिया : सृजनशिल यूवा क्लले आयोजना गरेको एक औपचारीक कार्यक्रममा सांसद खेमराज कोइरालालाई गोदावरी नगरपालिका वडा नं. १ अत्तरियामा रहेको जित्तलपुर मुक्त कमैया शिविरका बस्तीका विविध समस्या अवगत गराएका छन्।
शिविरकी स्थानीय बासिन्दा फुलमती डँगौरा थारुले बसोबाससम्बन्धी आधारभूत समस्याहरू अझै समाधान नभएको गुनासो गरिन्। उनका अनुसार बसोबासका लागि जग्गा व्यवस्थित नभएको र सानो घरबास जमिन भए पनि ‘सेतो जग्गा पुर्जा’ मात्रै भएकाले ‘रातो पुर्जा’ कसरी बनाउने भन्ने अन्योल रहेको छ।
त्यसैगरी, बस्तीमा खानेपानीको उचित व्यवस्था नभएकोले नलको पानी पिउन बाध्य भएको उनले बताइन्। यस्तै नाला तथा ढल निकासको व्यवस्था नभएकाले बर्खाको समयमा बस्ती नै तालजस्तै हुने गरेको समस्या बताईन्।
आफूहरूलाई ‘कमैया’ भनेर विभेद गरिएको जस्तो अनुभूति हुने गरेको समेत उल्लेख गर्दै नगरपालिकामा पटक–पटक जाँदा पनि स्पष्ट समाधान नदिई फर्काइने गरेको आरोप लगाइन्। उनले बस्तीको समग्र व्यवस्थापन लगायत विकास गरिदिन सांसद कोइरालालाई माग गरेकी छिन्।