Agni Offset Press

रेशम चौधरीको मुद्दामा विपक्षीलाई बोलाउने आदेश

Aarati simant

अत्तरिया : टीकापुर घटनामा जेलमा रहेका पूर्व सांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश दिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले ‘प्रत्यर्थी झिकाउने’ आदेश दिएको हो ।
टीकापुर घटनामा उच्च अदालत, दिपायलले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो।त्यसका विरुद्ध चौधरीसहित आठ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यसमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । सर्वोच्चका न्यायाधीशद्वय मोक्तान र शर्माको इजलासले प्रत्यर्थीलाई झिकाउने आदेश दिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए ।

पूर्व सांसद चौधरीसहित सिताराम चौधरी, हरिनारायण चौधरी, गंगारामडगौरा चौधरी, वीरवहादर चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, रामकुमार कठरिया, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा चौधरी, राजेश चौधरी, प्रदिप चौधरी र लक्ष्मण थारु चौधरीले छुट्टाछुट्टै आठ वटा निवेदन दिएका थिए । सबै निवेदनमा नेपाल सरकारलाई विपक्षी बनाइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.