बैंकको चर्को ब्याजदर विरुद्ध व्यावसायीको विरोध प्रदर्शन

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा चर्को बैंकिङ ब्याजदर विरुद्ध आज पनि विरोध प्रदर्शन गरिएको छ । अत्तरिया उद्योग वाणीज्य संघको आयोजनामा अत्तरियामा आज बिहान देखि व्यवसायीहरुले आफ्नो ब्यापार ११ बजे सम्म बन्द गरेर अत्तरिया बजार परिक्रमा गरी उक्त विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले बैंकको व्याजदले गर्दा धेरैको व्यवसाय चौपट भएको बताए । व्यापारीहरुलाई जब समस्या, र मर्कापर्छ त्यसको लागि नेतृत्व गर्नुपर्छ साथै उनीहरूको आवश्यकता भनेको छाता संगठन भएको उल्लेख गरे । ‘आज यस्तो विषम परिस्थिति छ जुन ब्यापारी व्यवसायिहरु अत्मदाहा गरेर मृत्यु भएका छन्, कोही आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् यसको कारण बैंकिङ हो । जुन यो खुलेआम दादागिरी गर्दै चर्को ब्याजदर लगाएर व्यापारीहरूको ढाड सेक्ने गरिरहेका छन ।’
बैंकहरुकोविरुद्ध संघर्षका कार्यक्रमहरुलाई थप शसक्त बनाउँदै आगामी दिनहरुमा सडक मा उत्रिन बाध्य हुने उनले बताए ।
‘हिजोको दिन कर्जा दिँदा खेरी ७÷८ प्रतिशतमा सम्झौता गरेर कर्जा प्रवाह गर्ने र आज आएर उद्योगी व्यापारी ऋणरीहरुलाई थाहै नदिकन १८÷२० प्रतिशत सम्म बढाई बैंकहरुले खुले आम दादागिरी गररहेकाछन् ।’ उनले भने । उनले सम्पूर्ण उद्योगी, व्यावसायी, व्यापारीहरु एकजुट भएर चर्को ब्याजदर विरूद्धको आन्दोलनलाई निष्कर्ष रुपमा नपुगाएसम्म आन्दोलनलाई निरन्तरता दिएर लाग्नुपर्ने बताए । उनले सम्पूर्ण व्यापारी व्यावसायीहरुलाई बैंकिङ चर्को ब्याज मात्र नभई बैंकिङको आतंक, चोरी, डकैती शैलीमा जसरी व्यापारी व्यवसायीहरुलाई चुस्ने ठग्ने कार्य भइरहेको बताए ।
उनले व्यापारी, व्यवसायीहरुलाई बैंकिङहरुले जुका बनेर खुन चुसे जस्तै गर्ने काम भईरहेको आरोप लगाए । आन्दोलन आज स्थानीय, जिल्ला, सुदूरपश्चिमबाट सुरुभएको छ भोली काठमाडौंको सिंहदरबार, बालुवाटार सम्म पुग्ने ठोकुवा गरे ।
अत्तरिया सेवाकेन्द्र रहेको शिवशिखर बहुउद्देशयीय सहकारी संस्थामा रहेको बचतकर्ताको समेत बचत फिर्ता गर्न अत्तरिया उद्योग वाणीज्य संघ ले पहल गर्ने अध्यक्ष देवकोटाले बताए । अत्तरियामा शाखा विस्तार गरेको शिवशिखर बहुउद्देशयीय सहकारी संस्थाले विभिन्न क्षेत्रका थुप्रै बचतकर्ताको बचत संकलन गरेर जुन अहिले आफ्नो कार्यालयमा ताला बन्दी गरेर संचालकहरु फरार भएको छ त्यसका विरुद्धमा पनि लाग्ने उनको भनाई छ
जबसम्म बचतकर्ताहरुको बचत रकम फिर्ता गर्दै तब सम्म संघले पहल दवाव दिइरहने उनले बताए । आज बिहान ९ बजे देखि ११ बजे सम्म बजार बन्द गराएको थियो । यो प्रक्रिया फागुन २२ गते सम्म अत्तरिया बजारको ब्यवसायीहरुले आफ्नो पसल बन्द गर्ने भएको र फाल्गुन १८ गते कुनै पनि बैंकमा व्यवसायिहरुले कारोबार नगर्ने निर्णय भएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघद्वारा आयोजित विरोध प्रदर्शनीमा नेपाल पुस्तक तथा स्टेशनरी शाखा कार्यालय अत्तरिया, कैलाली हार्डवेयर व्यबसायि संघ, गोदावरी होटल व्यवसायी संघ, किराना व्यवसायी संघ अत्तरिया लगायत सम्पूर्ण उद्योगी, व्यवसायी व्यापारीहरु को सहभागी रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.