सरकार छाड्ने एमालेको निर्णय, समर्थन पनि फिर्ता लियो

अत्तरिया : नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारबाट मन्त्रीहरू फिर्ता हुने बताए । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए । यसअघि सचिवालय बैठकले राष्ट्रपति चुनावसम्म सरकारबाट पनि नबाहिरिने र समर्थन पनि कायमै राख्ने निर्णय गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० पुसको गठबन्धन छाडेर नयाँ आठदलीय गठबन्धन बनाएपछि एमालेले सरकार छोड्ने निर्णय गरेको हो ।

राष्ट्रपति चुनावलाई लिएर प्रचण्ड र एमालेबीच १० पुसमा भएको सहकार्य सोमबारबाट औपचारिकरूपमा टुंगिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.