अत्तरिया : नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले सुवर्ण शम्शेर जवराको जन्मजयन्ती मनाउने भएको छ । कांग्रेस जिल्ला कार्यसमितिले जवराको ११२ औं जन्मजयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गरेर जन्मजयन्ती मनाउन लागको हो ।
कांग्रेस जिल्ला कार्यसमितिले बुधबार धनगढीमा रहेको पार्टी कार्यालय वीपी स्मृती भवनमा गोष्ठीको आयोजना गर्ने जनाएको छ । कार्यक्रममा पार्टीका सबै नेता कार्यकर्ता र शुभचिन्तकहरुलाई सहभागि हुन नेपाली काँग्रेस कैलालीका सभापति नारायण भट्टले आग्रह गरेका छन् ।