व्यवसायीको आन्दोलन निरन्तर, आज ‘नो डिपोजिट’

अत्तरिया : बैङ्कहरूले लिइरहेको चर्को ब्याजदर विरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित छन् । १५ गते देखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दबाब दिइरहेका यहाँका उद्योगी व्यवसायीहरूले आज बैङ्कहरूमा कारोबार नगर्ने भएका छन् । कैलालीमा पनि सशक्त रूपले आन्दोलन अघि बढिरहेको छ ।

कैलालीका विभिन्न ठाउँमा भईरहेको विरोध कार्यक्रम अत्तरिया लगायतका क्षेत्रमा भईरहेको छ । आज धनगढीको पार्क मोडमा कोणसभा गर्ने र सबै बैङ्कहरूमा दबाब मूलक धर्ना दिने कार्यक्रम रहेको कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवरले जानकारी दिए । कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा भइरहेको छ । उनीहरुले सरकारले ब्याजदर नघटाउँदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोहीअनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.