चर्को ब्याजदर विरुद्ध व्यावसायी द्वारा बैंक अगाडि प्रदर्शन

अत्तरिया : बैंकहरुको चर्को ब्याज विरुद्ध आन्दोलित व्यवसायीहरुले आज पनि विरोधका कार्यक्रमहरुलाई निरन्तता दिएका छन् ।
आज चौथो दिन अत्तरियामा बैंकिङको चर्को ब्याजदर विरूद्ध विरोध प्रदर्शन गरे । अत्तरिया उद्योग वाणीज्य संघको आयोजनामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । “व्यवसायिलाई मार्न पाइँदैन, चर्को ब्याजदर नियन्त्रण÷न्यूीकरण गर, ब्यवसायी एकता जिन्दाबाद, हाम्रो आन्दोलन जारी छ, व्यवसायी माथिको अत्याचार बन्द गर, हाम्रो माग पूरा गर“ जस्ता नारा लगाई अत्तरिया बजार पूर्ण रूपले ११ बजे सम्म बन्द गरेर बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेका थिए ।
चर्को व्याजदर घटाउन दवाव दिन एक दिन आज बिहीबार ‘नो डिपोजिट’ बैंकमा नगद रकम जम्मा बन्द गरिने अत्तरिया उद्योग वाणीज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए । उनले सम्पूर्ण उद्योगी, व्यावसायी, व्यापारीहरु एकजुट भएर चर्को ब्याजदर विरूद्धको आन्दोलनलाई निष्कर्ष रुपमा नपुगाएसम्म आन्दोलनलाई निरन्तरता दिइने बताए ।
विरोध प्रदर्शनपछि अत्तरिया उद्योग वाणीज्य संघले अत्तरिया शाखा धनगढी रोडमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको अगाडि उक्त विरोध प्रदर्शनपछि कोणसभा कार्यक्रम गरेको थियो । यस अघि अत्तरिया शाखाको एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक अगाडि चर्को ब्याजदर विरुद्ध कोण सभा कार्यक्रम गरेको थियो ।
फाल्गुन १५ गते देखि चरणबद्ध आन्दोलित व्यवसायिहरुले बैंकमा एकदिन आफ्नो नगद जम्मा बन्द गरेका हुन । फागुन २२ गते सम्म आफ्ना विरोधका कार्यक्रहरु जारी रहने व्यवसयीहरुको भनाई छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.