गोदावरी स्थित शालिनी बाटिकामा सुदूरपश्चिममा सत्ता गठबन्धनको अभिमुखीकरण, राष्ट्रपति निर्वाचनका बिषयमा छलफल
अत्तरिया : आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको अभिमुखीकरण सुरु भएको छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डे लगायतका नेताहरूको उपस्थितिमा बैठक सुरु भएको हो ।
केन्द्रको ८ दलीय गठबन्धनको निर्णय अनुसार आज कैलालीको गोदावरी स्थित शालिनी बाटिकामा सत्ता गठबन्धनको बैठक सुरु भएको हो । यहाँ कांग्रेस, माओवादी नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीका सांसदहरू उपस्थित छन् । नेताहरु आफ्नो धारणा राखीरहेका छन् ।
राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन आज यहाँका ४ दलका सांसदहरूलाई प्रशिक्षण भइरहेको छ।