धनगढीमा ६ जना अटो चालक महिला सम्मानित

अत्तरिया : ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ६ जना अटो चालक महिला सम्मानित भएका छन्। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उनीहरूलाई नगद १० हजारसहित प्रमाणपत्र र दोषल्ला ओढाएर सम्मान गरेको हो।

सम्मानित हुनेहरूलाई १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो। सम्मानीत हुनेमा कैलालिकी सविता चौधरी, कञ्चनपुरकी भगवती कुँवर, कैलालीकी छुटमनीया चौधरी, ईश्वरी नाथ, मिरादेवि चौधरी र बास्मती दहित रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.