प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा दर्ता मुद्दा सुनुवाइ गर्न आज पेसी

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको छ। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक रूपमा जनयुद्धमा मारिएका १७ हजार जनामध्ये ५ हजारको जिम्मा आफूले लिने भनेर दिएको अभिव्यक्तिका आधारमा पीडित परिवारले उनीविरुद्ध कारबाही माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।

उक्त रिट सुनुवाइ गर्न आजका लागि पेसी तोकिए पनि आजै सुनुवाइ हुने\नहुने निश्चित भइसकेको छैन। रिट निवेदनका पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछाप निवासी ज्ञानेन्द्रराज आरणसहित २८ जना छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.