धनगढी, २५ फागुन : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई मध्येनजर गरी नेपाली कांग्रेस कैलालीले जिल्ला प्रतिनिधि खटाएको छ । स्ववियुको निर्वाचन यहि चैत ५ र ८ गते हुने छ ।
नेपाल विद्यार्थी संघलाई विजयी गराउन जिल्ला कार्य सम्पादन समिति कैलालीको विहीबार जिल्ला पार्टी कार्यालय, धनगढीमा बसेको बैठकले संघीय निर्वाचन क्षेत्र १ र २ मा जिल्ला सचिव नृपबहादुर सुनार, निर्वाचन क्षेत्र नं. ३ उपसभापति भिम बडुवाल र निर्वाचन क्षेत्र ४ र ५ जिल्ला सचिव केशवराज मिश्रलाई खटाइएको जानकारी प्रचार–प्रसार विभाग प्रमुख तपेन्द्र भुषालले जानकारी दिए ।
त्यस्तै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीगत रुपमा कहीं गठबन्धन गर्न चाहेमा केन्द्रीय गठबन्धनका विद्यार्थी संगठनहरु बीच कहि कुनै क्याम्पसमा तालमेलको जरुरी देखिए त्यसलाई सहज बनाउन गठबन्धन दलहरुसंग जिल्ला स्तरमा आवश्यक समन्वय गर्ने जिम्मेवारी जिल्ला उपसभापति खेमराज डंगौरा थारुलाई जिम्मेवारी दिएको संयोजक भुषालले जानकारी दिए । बैठकले जिम्मेवारीमा केन्द्रीत रहेर आफ्नो भुमिका कुशलता पुर्बक निर्वाह गर्ने छ ।
सम्बन्धित पाेस्टहरु