गोदावरीमा एक जना मृत फेला

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ७ मा एक जना मृत फेला परेका छन् । वडा नम्बर ७ स्थित लक्ष्मी सामुदायीक वनमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
शनिबार बिहान जंगलमा घाँस काट्न गएका बेला शव देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.