केन्द्रीय सर्भरमा समस्या, स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध

अत्तरिया : स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएका कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । स्वास्थ्य बिमा बोर्ड धनगढीले बिहानैबाट सर्भरमा समस्या आएको बताएको छ । ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) (केन्द्रीय सर्भर)मा समस्या आएपछि स्वास्थ्य बीमाका सर्भर नचलेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सर्भर नचल्दा बिमितले पाउने सेवामा समस्या भएको छ। प्राविधिकहरु काममा खटिइसकेको केही समयमा समस्या समाधान हुने बताइएको छ ।

केही हप्तादेखि नै सर्भरमा पटक–पटक समस्या आइरहेको छ । के कारणले यस्तो भइरहेको भन्ने विषयमा खोजि भइरहेको बताइएको छ । स्वास्थ्य बीमाको काम शनिबार बन्द हुने भएकाले अस्पतालहरुमा विहानैदेखि सेवाग्राहीको भीड बढिरहेको छ । अस्पतालहरुले सर्भरमा समस्या आएको भन्दै बिमित बिरामीलाई फर्काइरहेका छन् । जसले गर्दा सर्वसाधारण तथा बिरामी मर्कामा परेका छन । पछिल्लो समय स्वास्थ्य बीमाको सेवा गुणस्तरीय नभएको भन्दै सर्वसाधारणले गुनासो गर्दै आएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.