धनगढी देशकै उत्कृष्ट उपमहानगर

अत्तरिया : नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरको रुपमा पुरुस्कृत गर्न भएको छ ।
नगरपालिका संघ ३० वर्षमा प्रवेश गर्न लागेको अवसरमा प्रधानमन्त्रीबाट धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गर्ने संघले जनाएको छ। नेपाल नगरपालिका संघले संस्थागत विकास, सेवा प्रवाह र वित्तिय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले धनगढीलाई उत्कृष्ट नगरपालिका पुरस्कारका लागि छनोट गरिएको जनाएको छ।

मङ्गलवार काठमाडौंमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गर्ने कार्यक्रम तय भएको छ। नेपाल नगरपालिका संघ सम्पूर्ण नगरपालिकाहरूको प्रतिनिधिमूलक संस्थाको रुपमा २०५० मा स्थापना भई नगरपालिकाहरूको साझा मुद्दा र हकहितको सवालमा वकालत र पैरवी गर्दै आएको संस्था हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.