अत्तरिया : कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतत्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा लोक राज ओझा (एलआर) ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
दुर्गालक्ष्मीमा फागुन ८ गते हुने स्ववियु निर्वाचनका लागि एलआर ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन । दुर्गालक्ष्मी सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सभापति पदको उम्मेद्वारीका लागि आकाक्षी रहेका एलआर ओझाले अन्तिम समयमा आएर सामाजिक संजाल फेकबुक मार्फत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन ।
नेविसंघबाट भुवन महराले उम्मेदवारी दिने जनाइएको छ । नेविसंघबाट सभापति पदमा एल आर ओझा, महरा संगै देवराज ओझाले दावी गरेका थिए । देवराजलाई नेविसंघको इकाई सभापती बनाइएको छ । सभापति पदका दावेदार एलआर ओझा भने उक्त पदमा दावी कायम राख्दै स्वतन्त्र चुनाव लड्ने बताएका छन । दुर्गालक्ष्मीको हुने स्ववियु निर्वाचनका लागि ८ वटा विद्यार्थी संघ, संगठन र समुह दर्ता गरिएका छन ।