दुर्गालक्ष्मीमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेविसंघबाट महराको उम्मेदवारी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट भुवन महराले उम्मेदवारी घोषणा गरेका छन । पत्रकार सम्मेलनको आयोजना गरी महराले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागी दुर्गालक्ष्मीमा सभापतिको उम्मेदवारी घोषणा गरेका हुन । पत्रकार सम्मेलनमा उनले आफुले विद्यार्थीहरुका हकहितका निम्ती आवाज बुलन्द पार्न उम्मेदवारी दिएको बताए ।
उनले विद्यार्थीहरुले भोग्नुपरेका समस्याहरुसँग आफु परिचित रहेकाले ति समस्याहरु समाधानका लागी आफ्नो उम्मेदवारी रहेको बताए । उनले आफुले जितेपछि मात्रै काम गर्ने नभई विद्यार्थीहरुका लागी सदैव काम गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
पत्रकार सम्मेलनमा बोल्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति योगेश भट्टले विगतका दिनमा नेविसंघबाटै आफुले स्ववियु निर्वाचन लड्दा आफुले बोलेका बाचाहरु पुरा गरेको बताए । उनले विद्यालयको भौतिक विकास र विद्यार्थीका लागी विगतको स्ववियुको टिमले राम्रो कार्य गरेको बताए । उनले विद्यालयमा शैक्षिक गुणस्तरका लागी नेविसंघको उम्मेदवारलाई स्ववियुमा निर्वाचीत गराउन विद्यार्थीहरुलाई आग्रह गरे ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.