दुर्गालक्ष्मीको ठेक्का अलपत्र पार्ने कम्पनीलाई कालो सूचीमा

अत्तरिया : सुदूरपश्चिममा विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने तीन निर्माण कम्पनीलाई सार्वजनिक खरीद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरीद अनुगमन कार्यालयको आइतवारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरीद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् । पूर्वाधार विकास कार्यालय बैतडीको सिफारिसमा राष्ट्र सेवा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ ।

डडेल्धुरामा कार्यालय रहेको उक्त कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो । त्यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको सिफारिसमा आकाश एन्ड पवन कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसअघि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको काम अलपत्र पार्ने एक निर्माण कम्पनीलाई पनि कालो सुचीमा राखिएको थियो । ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो। खरिद अनुगमन कार्यालयले दुर्गालक्ष्मीको ठेक्का अलपत्र पार्ने कम्पनीलाई कालो सूचीमा राखेको हो। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार सो निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखिएको छ।
कालो सूची अवधिभर सो कम्पनी सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन पाउने छैन्। खरिद अनुगमन कार्यालयले सुदूरपश्चिम विद्यालयअन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाको काम अलपत्र पार्ने गुण निर्माण सेवालाई कालो सूचीमा राखेको छ। गुणराज पाठक सञ्चालक रहेको सो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.