गोदावरीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

अत्तरिया : कैलालीमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक कञ्चनपुर बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडास्थित सडकमा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.