अछाममा चट्याङ लागेर गोठाला घाइते,९ बाख्रा मरे

अछाम : अछाममा चट्याङ लागेर शनिवार बाख्रा मरेका छन्। अछाममा चट्याङ लागेर ९ वटा बाख्रा मरेका छन् भने बाख्रा गोठाली घाइते भएकी हुन। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशाको बाइगाउँमा चट्याङ लागेर बाख्रा चराउन गएकि बालिका घाइते भएकी हुन भने ९ वटा बाख्रा मरेका छन्।

शनिवार साँझ चट्याङका कारण स्थानीय विष्णु भट्टराई लगायतका कृषकका ९ वटा बाख्रा मरेका बताइएको छ। स्थानीय मनीराज भट्टराईका अनुसार चट्याङका कारण जङ्गलमा चराउन लगिएका बाख्रा मरेका हुन भने बालिका सामान्य घाइते भएकी हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.