जगदीश रोकाया
बझाङ ६ चैत : बझाङको विकट उत्तरी क्षेत्र साइपाल गाँउपालिकाको अन्तिम गाँउ धुलीमा समृद्धि इनर्जी लिमिटेड काठमाण्डौँ द्वारा निर्माण गरिन लागेको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुुनुुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
समृद्धि ईनर्जी लिमिटेडले शनिवार आयोजना गरेको सार्वजनिक सुुनुुवाइ कार्यक्रममा आयोजनाको परिचय लक्ष्य उदेश्य आयोजनाको विस्तृत विवरण सहित वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन प्रस्तुुत गरि सरोकारवालासंग छलफल विचार विमर्श गरिएको थियो ।
कार्यक्रममा स्थानीयहरुले यस्तो विकट दुुर्गम ठाँउमा पहिलो पटक समृद्धि इनर्जी लिमिटेडले जलविद्युत आयोजना संचालन गर्दा धेरै खुुशी लागेको भन्दै आयोजना संचालकहरुलाइ बधाइ तथा स्वागत गरेका थिए ।
सार्वजनिक सुुनुुवाइ कार्यक्रममा स्थानीयहरुले यो आयोजनाले विकट साइपाल गाँउपालिको समृद्धि विकास र जनताको जिवनस्तर सुुधार हुुने अपेक्षा गर्दै आयोजना छिटो संचालन गर्नुपर्ने, स्थानीयहरुलाइ रोजगार शिप विकासका तालीम दिनुुपर्ने, घरबास जग्गा जमिनको सकेसम्म कमक्षति हुुने काम गर्नुपर्ने, क्षति भएकाहरुको आवस्यक क्षतिपुुर्ति दिनुुपर्ने र सडक निर्माणमा पहल गरि दिनुुपर्ने सुुझाबहरु दिएका थिए ।
वडा नम्वर ४ धुुलीका कार्यवहाक वडा अध्यक्ष डबल रोकायाको अध्यक्षतामा धुुलीको विद्यालयमा गरिएको वातावरणीय प्रभाव मुुल्यांकनको सार्वजनिक सुुनुुवाइ कार्यक्रममा गाँउपालिका अध्यक्ष मानबहादुुर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे लगायत सुुरक्षा निकायका प्रमुख सहित सवै वडा अध्यक्ष अन्य जनप्रतिनिधि शिक्षक बुद्धिजिवि समाजसेवी र सर्वसाधारणहरुको सहभागिता रहेको आयोजनाका ईन्जिनीयर सुुदिप देवकोटाले जानकारी दिए ।
तिव्वतको सिमानासंग जोडिएको जिल्लाको सवै भन्दा दुुर्गम विकट साइपाल गाँउपालिकामा समृद्धि ईनर्जी लिमिटेडले सेती नदीमा २ सय १६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना प्रस्ताव गरेको छ ।
सुुरुको चरणमा अहिले आयोजनाले वातावरण प्रभाव मुल्यांकनको मस्यौदा माथि सार्वजनिक सुुनुुवाइ साथै पानीको सुुरुङ मार्गको लागी माटो ढुुङ्गा परीक्षण साथै अन्य प्रारारम्भीक कामको सुुरुवात भइ रहेको पनि इन्जिनियर देवकोटाले जानकारी दिए ।
कार्यक्रममा आयोजनाका विश्वनाथ कडेल, सुुदिव देवकोटा, विनय तिमिल्सेना सन्दीव बुुढाथोकीलेले जलविद्युुत आयोजनाको सवै बारेमा जानकारी दिएका थिए ।
योजना स्थलमा भएको पहिलो आयोजनाको सार्वजनिक सुुनुुवाइ कार्यक्रममा पालीकाका जनप्रतिनधि साथै सुुरक्षा निकायका प्रमुखहरुलाइ सदरमुकाम चैनपुरबाट हेलीकप्टरमा लिएर कार्यक्रम गरिएको थियो । धुुलीको माथी सेती नदी र इमुलद्वार खोलाको संगम बाट लगभग १ सय ५० मिटर तल सेती नदीमा ३९ मिटर लामो र १३ मिटर उचाइको बाँध बाँधी सेती नदीको करिब ३४ घन मिटर प्रति सेकेन्ड पानी लाइ करिब ९ किलो मिटर लामो सुुरुङ्ग मार्ग र झण्डै १८ सय मिटर लामो पेनेस्टल टनेल मार्फत पानी लाइ विधुुत गृहमा राखीने भएको छ ।
साथै ५ वटा टनेलमा खसाली विद्युत उतवपादन गरिने र २ सय ८५ मिटर लामो टेलरसको माध्यमबाट सेती नदीमा पुनह पानी खसाली रामुुखोला र सेती नदीको किनारमा विद्युतगृह निर्माण गरिने भएको छ ।
आयोजनाको लागत करिब ४१ अर्ब रहेको वताएको छ । विद्युत निर्माण कम्पनीले आयोजना स्थलमा यस्तो कार्यक्रम गरेकोमा धेरै राम्रो भएको बताउदै साइपाल गाँउपालिका अध्यक्ष मानविर बोहराले आयोजना संचालनका लागि पालीका बाट साथ सहयोग पुर्ण रहने बताए । आयोजनास्थल र साइपाल गाँउपालिकामा अहिले सम्म सडक संजाल नजोडिएको हुदाँ आयोजना निर्माण कम्पनीले प्रारम्भीक परिक्षण गर्ने सामग्री उपकरणहरु पनि हेलीकप्टर मार्फत ढुुवानी गरेको छ । साथै संचार विद्युतको पहुँच नभएकाले पनि यस क्षेत्रमा आयोजनाका काम गर्न निकै कठिनाइ रहेको छ । बझाङमा अहिले बुुंगल क्षेत्रमा कालङ्गा हाइड्रको काम सम्पन्न हुँदैछ भने चैनपुर क्षेत्रमा सेती तेस्रो जलविद्युतको काम पनि सुुरुवात हुने प्रक्रियामा रहेको छ ।
सम्बन्धित पाेस्टहरु