अत्तरिया, ६ चैत : कैलालीको लम्की–चूहा १ मा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अत्तरिया शाखा कार्यालयको गोष्ठी सम्पन्न गरेको छ ।
सहकारी संस्थाका केन्द्रीय उपाध्यक्ष टीकेन्द्र थापाको सभाध्यक्षमा सम्पन्न गोष्ठी कार्यकममा गोदावरी नगरपालिका नगर प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष गोपाल दत्त भट्ट प्रमुख अतिथि थिए । कार्यक्रममा भट्टले संस्थाले आफ्ना सदस्यहरूको हौसाला बढाउनको लागि उत्कृष्ट मूल्याङ्कन गरेर सम्मानका साथै पुरस्कार वितरण गरेकोमा धन्यवाद दिए । उनले सहकारी संस्थाले महिलाहरुलाई आत्मनिर्भर बन्न जीवनस्तर उकास्नलाई धेरैनै सहज पुगाएको बताए ।
उनले भने । ‘दिदीबहिनीहरुले आफूसँग पैसा नभएको खण्डमा श्रीमान तथा घर मुलिको मुख ताक्नुपर्ने साथै आफूले चाहेको सामान्य सामग्रीहरूपनि बजारबाट खरिद गर्ने नसक्ने अवस्था जुन थियो सहकारी संस्थाहरुको स्थापना भएदेखि त्यसको अन्त्य भएको छ ।’
सहकारी संस्थाहरुले महिलाहरुलाई विभिन्न खालका आत्मनिर्भर बनाउने सिपमुलक तालिम प्रदान अवसरहरूको कार्यक्रम आयोजना गरेर महिला दिदीबहिनीहरुको जीवनस्तर उकास्नलाई सहज पुयाउँदै आइरहेको उनको भनाईरहेको छ । उनले यस संस्थालाई आवश्यक परेको बेला सल्लाह सुझाव तथा सहयोगको लागि सधैं तत्पर रहने बताए ।
कार्यक्रमका सहकारी संस्थाका केन्द्रीय उपाध्यक्ष टीकेन्द्र थापाले किसान बहुउद्देश्यीय सहकारी संस्था भनेको सदस्यहरूका लागि सधैं काम गर्दै आइरहेको बताए । संस्थामा संचालक समिति, कर्मचारी भन्दापनि मुख्यतया सदस्यहरूको भूमिका रहेको उनले बताए ।
वार्षिक रुपमा केन्द्रका सदस्यहरूले गरेका कामहरू, संस्थाले दिएका सेवाहरूको बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठी कार्यक्रम गरीएको संस्थाका अत्तरिया कार्यालयले प्रमुख भरत भण्डारीले जानकारी दिए । उनले संस्थाको अत्तरिया शाखा कार्यालयमा ३३ सय जना शेयर सदस्यहरु रहेको बताए ।
कार्यक्रममा संस्थामा आबद्ध विभिन्न व्यक्तित्वहरु, सदस्यहरूलाई पुरस्कृत समेत गरिएको थियो । किसान कोप शिक्षा पदक, संस्थामा आबद्ध उत्कृष्ट ५ जना सदस्यहरूलाई, १९० वटा समुह बाट छानिएका मध्ये उत्कृष्ट ३ जना केन्द्र प्रमुखलाई, नगद संगै ३ जना सदस्य उत्कृष्ट केन्द्रलाईएटीएम कार्ड वितरण, केन्द्रमा अबद्ध भएका नवनिर्वाचित वडा सदस्यलाई सम्मान, एसईईमा उत्कृष्ट नतिजा ल्याउने सदस्यका छोराछोरीहरुलाई सम्मानित समेत गरेको हो ।
साथै कार्यक्रममा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका उप प्राध्यापक जनकराज जोशी, गुराँस एकेडेमीका संस्थापक डम्बर सिंह कडायत, अत्तरिया प्राइम बैंक प्रबन्धक राजेश सिंह, अत्तरिया माछापुछ्रे बैंकका कर्मचारी पूजा भट्ट, सेयर सदस्यहरु लगायत विभिन्न समाजसेबी, बुद्धिजिवी, व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन अत्तरिया शाखा प्रमुख भरत भण्डारी गरेका हुन ।
स्वागत मन्तव्ये अत्तरिया शाखा कर्मचारी जनक न्यौपाने ले गेरका थिए । २०५२ साल ६० हजार ३ सय रुपैयाँ शेयर पूँजी बाट २५ जना व्यक्तिहरूद्वारा स्थापना गरिएकोसंस्थामा माघ मसान्त सम्म ३७ करोड रकम बराबर शेयर पूंजी रहेको र हालसम्म जम्मा शेयर सदस्य संख्या ७८ हजार ४ सय ७० जना रहेको छ ।
संस्थाले एटीएम देखि लिएर सम्पूर्ण डिजिटल सेवा सदस्यहरूलाई प्रदान गर्दै आइरहेको छ । संस्थाले वित्तीय क्षेत्रमा बचत तथा ऋणको कारोबार, स्थानीय हरुलाई दैनिक उपभोग्य सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराउनको लागि किसान कोप मार्ट सञ्चालन, कृषिमा लगाएर ३ वटा क्षेत्रहरूमा कार्यहरु गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित पाेस्टहरु