अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भईरहेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा पनि मतदान जारी रहेको छ ।
आज बिहान ८ ः १५ बजे देखि मतदान सुरु भएको हो । उक्त मतदान बेलुकी ४ बजे सम्मको समय तोकिएको छ । मतदान स्थलमा मतदाता बिद्यार्थीलाई चिन्न र फर्जि मत नजाउन भन्नका लागि कार्ड स्क्यानिङ पनि राखिएको छ । दुर्गालक्ष्मीमा स्ववियु निर्वाचनका लागि ५ जना सभापतिमा उम्मेदवार छन् । सभापतिमा अनेरास्ववियुबाट पुष्पराज सुवेदी, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं सयुक्त प्यानलबाट भुवन महरा, स्वतन्त्रबाट लोकराज ओझा (एलआर), अनेरास्ववियु (क्रान्तिकारी) संयुक्त प्यानलबाट पुष्करराज जोशी, स्वतन्त्र विद्यार्थी समुहबाट सरोज ठगुन्ना उम्मेदवार रहेका छन् ।
सुदूरपश्चिम विश्वविद्यालय शैक्षिक र संगठन नियमावली अनुसार स्ववियु दुर्गालक्ष्मीमा १ जना सभापति, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्य प्रत्यक्षबाट निर्वाचित हुने छन । प्रत्यक्ष निर्वाचन पछि ८ जना समानुपातिकबाट छानेर उनीहरुबाटै उपसभापति र सह सचिव चयन हुने छन ।