स्ववियु निर्वाचन : दुर्गालक्ष्मी भएको निर्वाचनमा ८७४ मत खस्यो

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्ववियु निवचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ८ बजे देखी शुरु भएको मतदान साँझ ४ बजे सम्पन्न भएको हो ।
उक्त क्याम्पसमा कुल ११ सय ७१ विद्यार्थी मतदाता रहेको मा ८ सय ७४ मत खसेको निवर्नचन समितीले जनाएको छ । ३ वटा मतदान बुथमा बिद्यार्थीहरुले मतदान गर्ने ब्यब्स्था गरिएको थियो । मतदान स्थल क्षेत्र क्याम्पस आसपासमा सुरक्षा व्यवस्था पनि दिनभर कडा पारिएको थियो । मतदान सकिएपछि आज नै मतगणनाको तयारी पनि शुरु भएको छ ।

अत्तरिया पूर्वरोडमा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको सभाहालमा मतगणना हुने निर्बाचन समितीले जनाएको छ । १४ बर्ष पछि यो क्याम्पस मा स्वबियु निर्वाचन भइरहेको छ । सभापतिका लागि ५ जना चुनावी मैदानमा रहेका छन् । कांग्रेस निकट नेबिसंघ र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनबाट सभापतीमा भुबन महरा सभापतीका उम्मेदवार छन भने एमाले निकट अनेरास्ववियु ले एकल उम्मेदवारी दिएको छ । सभापतिमा पुष्पराज सुवेदी उम्मेदवार बनेका छन् । यस्तै सभापतीमा अखिल (क्रान्तिकारी) को तर्फ बाट पुष्कर जोशी उम्मेदवार छन भने स्वतन्त्रबाट लोकराज ओझा एल आर र सरोज ठगुन्ना चुनाबी मैदानमा छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.