एकीकृत समाजवादीले ‘नेकपा’ हटाए एकता हुन्छः उपेन्द्र यादव

अत्तरिया : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेकपा एकीकृत समाजवादीले ‘नेकपा’ हटाए आफ्नो पार्टीसँग एकता हुनसक्ने बताएका छन्।

धनगढीमा आइतबार पत्रकार सम्मेलनमा उनले एकीकृत समाजवादीसँग एकताका लागि छलफल चलिरहेको बताए। उनले भने, ‘नेकपा एकीकृत समाजवादी पार्टीसँग छलफल पनि भइरहेको छ, धेरै कुराहरु मिलेका छन् तर मुल कुरा, जसपा समाजवादी पार्टीका रुपमा अघि बढिसकेकाले अब पछाडि फर्कन सक्दैन।’

कम्युनिष्ट पार्टी जसपा बन्न नसक्ने बताउँदै उनले भने, ‘नेकपा एकीकृत समाजवादी छ, नेकपा छोडेर समाजवादी बनौँ भनेका छौँ। त्यो कुरामा सहमति भएको छैन।’ पार्टी एकता नभए पनि तालमेल जारी रहेको उनको भनाइ छ। मुलकको विकास र समृद्धिका लागि पार्टीहरुबीच जसपाले तालमेल गर्दै आएको उनको दाबी छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.