बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

बैतडी : बैतडीको पाटन नगरपालिका–४ बत्थीका ५०वर्षीय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो। आइतबार दिउँसो एक बजे सोहि वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाईते भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो।

महरालाई स्वास्थ्य केन्द्रमा पुर्याएपनि उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.