किसान बहुउद्देश्यिय सहकारी संस्थाको गोष्ठि सम्पन्न

अत्तरिया : कैलालीको चुरे ६ बगैचुलामा शाखा कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहजपुरले कार्यालयको गोष्ठी सम्पन्न गरेको छ ।

सहकारी संस्थाका संन्चालक समिति अध्यक्ष शिवबहादुर स्वाँरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी चुरे गाउँपालिकाका उपाध्यक्ष धना थापा रहेकी थिइन । त्यस्तै बिशिष्ट अतिथिमा समाजसेवी हरीशंकर नाथ योगी रहेका थिए । कार्यक्रममा समाजसेवी दान बहादुर महरा, लोक बहादुर सारु लगायत संस्थाका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रमका स्वागत मन्तव्य लेखा सहायक योगेश भण्डारीले गरेका थिए भने कार्यक्रमको संचालन शाखा प्रमुख सन्तोष चौधरीले गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.