अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालाखेती अस्पतालमा पहिलो पटक सिजरिङ सेक्सन अप्रेसन गरेको छ । अस्पतालमा अप्रेसन ओटि हाम्रो अभियान गोदावरी बनाएको हो ।
गर्भवती महिलाहरु बच्चा जन्माउन नसकेकापछि हुने अप्रेसन (सिजरिङ सेक्सन अप्रेसन) गरिएको छ । बुधबार पहिलो पटक गोदावरी नगरपालिका–१२ की सानो रावलको अप्रेसन गरिएको हो । डा. अनओएस कोइरालले टिमले रावलको सफल अप्रेसन गरेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. नरबहादुर मौनीले जानकारी दिए । व्यवस्थापन समितिका अध्यक्ष मौनी आफै समेत बिरामीहरुको सेवामा खटिने गरेका छन् । ‘बिरामीहरुको चाप दैनिक बढ्दो छ’, उनले भने । ‘दैनिक २ सय देखि ३ सय सम्म बिरामीहरु आउने गरेको छन् ।’
गोदावरी नगरपालिकाले अस्पताल व्यवस्थापन समिति अध्यक्षमा डा. नरबहादुर मौनीलाई नियुक्त गरेसँगै अस्पतालको सुधारमा केन्द्रित छन्
निम्न वर्गीय नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा दिएर सरकारको आभास दिलाउँदै सरकारी अस्पतालको स्तरोन्नतिमा जोड दिएको छ ।
पछिल्लो समयमा मालाखेती अस्पतालमा ३ वटा चिकित्सकहरु राखेर ओपिडि सेवा सुरु गरेको छ । यस्तै डेण्टल सेवा समेत सुरु गरेको छ ।
गोदावरी नगरपालिका, चुरे गाउँपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बिरामीहरुलाई मध्ये नजर गर्दै २०७१ सालमा गोदावरी प्राथमिक स्वास्थ्य चौकीबाट मालाखेती अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्तरोन्नति भएपनि अस्पतालले नागरिकको विश्वास जित्न सकेको थिएन । मासिक खोप तथा सामान्य प्राथमिक उपचारमा सिमित मालाखेती अस्पतालले अहिले विशेषज्ञ सेवा दिन थालेको छ ।
पहिले धनगढी वा अन्यत्र जाने बिरामी अहिले मालाखेतीबाटै सेवा लिइरहेका अस्पतालले जनाएको छ । विगतमा फोहोरै, फोहोर देखिने मालाखेती अस्पताल अहिले सफा र चिटिक्क देखिन्छ । सरकारले खरिद गरेर प्रयोगविहीन बन्न पुगेका उपकरणहरु अहिले प्रयोगमा ल्याइएको छ ।
पछिल्लो समय मालाखेती अस्पतालले सेवा सुविधामा सुधार ल्याएपछि यस क्षेत्रका सेवाग्राही पनि खुशी भएका छन् । अहिले सामान्य बिरामी हुँदा धनगढी तथा अन्यत्र जानुपर्ने बाध्यता हटेको सेवाग्राहीहरुको भनाई रहेको छ । मालाखेती अस्पतालमा अहिले विषेशज्ञसहित ३ जना चिकित्सक कार्यरत रहेका छन् । दरबन्दी अनुसार पर्याप्त स्वास्थ्यकर्मी रहेको अस्पतालले खरिद गरेको उपकरणको प्रयोग र प्रशासनिक सुधारलाई जोड दिएको छ । हाल अस्पतालले दैनिक सेवाका साथै बिरामी भर्ना गरेर पनि उपचार सुरु गरेको छ । गोदावरी नगरपालिका मेयर बीरेन्द्र भट्टले मालाखेती अस्पताललाई नगरपालिकाको हवका रुपमा विकास गर्ने गरी काम भईरहेको बताए ।
सम्बन्धित पाेस्टहरु