बझाङको हिमपहिरोमा एक महिला बेपत्ता

बझाङ। बझाङमा हिमपहिरोमा परी एक महिला बेपत्ता भएकी छन्। बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन्। हिम पहिरोमा परी जिल्लाको सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएकी हुन।

उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएको बेपत्ता भएको खबर आएको बझाङ प्रहरीले बताएको छ। सोमबार राति हिम पहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ। घटनाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ। खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.